धनगढीमा रहेको खप्तड मालिका यातायात प्रा.लिको बस काउन्टरमा ताला लगाईएको छ । विगतबाट नै विवादित रहेको उक्त यातायात प्रालिका कारण झडप हुने अवस्था आएपछि काउन्टरमा ताला लगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।
यातायात प्रालिका शेयर सदस्य अनन्तराज जोशी र दिल बहादुर खलौला विच बस टिकट काउन्टरका विषयमा विवाद भईरहेको हुदाँ अर्को व्यवस्था नभए सम्म बन्द गर्न धनगढी उपमहानगरपालिकाको सिफारिसमा ताला लगाएको प्रहरी नायव उपरीक्षक विष्टले बताए।
प्रालिका पदाधिकारीहरु दुई समुहमा विभाजित भएपछि विवाद बढ्दै गएको प्रालीका सल्लाहकार शिवराज गुरुङ्गको भनाई छ । पूर्व अध्यक्ष अनन्तराज जोशीले प्रालीमा आधा हक दावी खोज्न थालेपछि विवाद बढेको जनाएको छ ।
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2023/02/06, 1:34
2020/08/13, 6:02
2021/01/17, 4:03
2021/04/12, 11:48