डडेल्धुरामा पछिल्लो तीन घण्टा ठूलो वर्षा
2021/07/11, 10:27
 
dd

डडेल्धुराका गैबडे र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टा ठूलो वर्षा भएकाले बाढी पहिरोको जोखिम बढेको छ ।  बाढी पूर्वानुमान महाशाखाले यो क्षेत्र भएर बहने साना नदीहरुमा आकस्मिक बहाव र भिरालो जमिनमा पहिरो जान सक्ने हुँदा दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसमविद्ले आज देशका धेरै ठाउँमा दिनभरि नै पानी पर्ने सम्भावना रहेको बताएका छन्  । यस्तै केही ठाउँमा ठूलो वर्षा हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।