सेती प्रयोगशालामा कोरोना परीक्षण शून्य, ४ जना डिस्चार्ज
2021/07/11, 4:22
 
dd

आइतबार सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण शून्य पाइएको छ।अस्पतालमा कोरोना परीक्षण नै नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताएका हुन्।

पछिल्लो २४ घण्टामा अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन् भने थप २ जना नयाँ संक्रमित भर्ना भएका छन्।

हाल अस्पतालमा १४  जना संक्रमित उपचाररत छन्। जसमध्ये १ जना भेन्टिलेटर, २ जना आईसीयू,१० जना अक्सिजनको सर्पोटरमा उपचाररत छन भने २ जनाको अवस्था भने सामान्य रहेको सूचना अधिकारी श्रेष्ठले बताए।