कञ्चनपुरमा वर्षा हुँदा अधिकांश क्षेत्रहरू डुबानमा
2021/07/11, 4:30
 
aa

कञ्चनपुरमा वर्षा हुँदा अधिकांश क्षेत्रहरू  डुबानमा परेका छन् । आइतबार बिहानदेखि परेको पानीले महेन्द्रनगर बजारका अधिकांश ठाँउहरु डुवानमा परेका छन् ।

महेन्द्रनगर बजारको सव्जीमण्डी,बसपार्क ऐठपुर लगायतका ठाँउहरु डुबानमा परेका हुन् ।  पानीको उचित निकास नभएका कारण यहाँ विभिन्न क्षेत्रहरू डुबानमा पर्दै आएका छन् । सामान्य वर्षाका कारण बजार क्षेत्रमा पानी  जम्दा स्थानीय व्यापारी समस्यामा परेका छन् ।  

यस्तै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. १० का सयौँ  बिगाहा खेतीयोग्य जमिन वर्षा सँगैको बाढीले बालुवा थुपारे पछि बगरमा परिणत भएक छ । 

दोधारा चाँदनीको कुतियावकर नजिक रहेको बैतिफाँटा र सुर्खेती टोलका नजिक महाकाली नदी र जगबुडा नदीमा आएको बाढीको कारण किसानहरूको जग्गामा लगाएको धान खेती पुर्णरुपमा नष्ट भएको छ ।

यसै बिच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिमका बिभिन्न स्थानहरुमा मेघ घर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । डडेल्धुराको गाइबण्डे र डोटीको चिउरी स्टेशनको वर्षा मापनकाअनुसार त्यहाँ पनि भारी वर्ष भइरहेको हो। 

May be an image of tree and body of water