
धनगढी जेसिजले कोरोना रोकथाममा खटिने कर्मचारीहरका लागि ग्लोब्स हस्तान्तरण गरेको छ । धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुले धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टलाई १ हजार ५ सय ग्लोब्स हस्तान्तरण गरेका हुन ।

जेसिजले धनगढी उप–महानगरपालिकालाई ग्लोब्स उपलब्ध गराएकोमा धन्यवाद दिदै उप–प्रमुख भट्टले जेसिज नेतृत्वमा रहेको उर्जा, तत्परता र समन्वय गर्न सक्ने क्षमताका कारण समस्याको बेलामा सहयोग प्राप्त भैरहेको बताईन ।
धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले ग्लोब्सको अभाव भैरहेको अनुरोध गर्ने बित्तिकै जेसिजले सहयोग गरेको बताए । धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुले धनगढी उपमहानगरपालिका संगको सहकार्यलाई निरन्तरता दिने बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:47
2021/12/02, 10:20
2020/05/12, 4:43
2020/09/09, 2:45