सुदूरपश्चिमको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको गाडी हिलो सडकमा फसेको छ । सोमबार कैलालीको घोडाघोडी नगरपालिकामा अनुगमन गर्न गएको टोलीको गाडी हिलोमा फसेपछि स्थानीयको सहयोगमा निकालिएको थियो ।
‘बाटो साँघुरो थियो टायर चिप्लिएर सडक बाहिर गएपछि गाडी फसेको हो ’समितिका सदस्य महेशदत्त जोशीले भने ‘पछि स्थानीयको सहयोगमा निकालियो ।’
धनगढीबाट जग्गा विवादको विषममा अनुगमन गर्न समितिको सभापति हर्क बहादुर कुँवरको नेतृत्वमा टोली त्यहाँ पुगेको थियो । अहिले सडक मर्मतमा चासो नदिँदा कैलालीका ग्रामीण सडकहरूको अवस्था दयनीय बनेको छ ।
स्थानीयहरू प्रत्येक दिन सास्ती बेहोर्ने सडकमा सभापतिको गाडी नै फसेपछि सडक सडक मर्मतको अपेक्षा समेत गरेका छन् ।
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2023/02/06, 1:34
2020/08/13, 6:02
2021/01/17, 4:03
2021/04/12, 11:48