तेस्रो लहरको कोरोना नियन्त्रणको लागि कैलालीमा कस्तो छ तयारी ?
2021/07/13, 10:20
 
aa

दोस्रो लहरको कोरोना संक्रमण कम भइरहेको अवस्थामा तेस्रो लहरको कोरोना संक्रमण नियन्त्रणको लागि तयारी सुरु भएको छ । प्रदेश सरकारले पनि तेस्रो लहरको कोरोनाको व्यवस्थापन गर्न सबै अस्पतालहरुमा परिपत्र गरेको छ । सेती प्रादेशिक अस्पतालले उक्त परिपत्र अनुसार प्रदेश सरकारसँग आवश्यक रकम माग गरेको छ । 

अस्पतालले तेस्रो लहरका बालबालिका बढि प्रभावित हुने भएको हुँदा उनीहरुको लागि उपचार कक्ष निर्माण र उपकरण जडान गर्न रकम माग गरिएको हो । अस्पतालले बालबालिकाका लागि आवश्यक पर्न सक्ने भन्दै एनआईसीयूका बेडको निर्माण र भौतिक संरचना तयार गर्ने काम गरिरहेको जनाएको छ ।  आज अस्पतालमा ९ बेडको एनआईसीयूका रहेको छ । उक्त संख्या बढाएर २५ बनाउने लक्ष्य रहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयले कम्तीमा ४० शय्याको व्यवस्था गर्न बनाउन परिपत्र गरेको छ । तर अस्पतालले ५० शय्या सम्मको व्यवस्था गर्ने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले पनि प्रदेशमा तेस्रो लहरको लागि तयारी थलिएको बताएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले टिकापुर र महाकाली अस्पतालका नयाँ भवन निर्माण सुरु भइरहेको जनाएको छ ।

सेती अस्पतालमा निर्माणाधीन कोरोना अस्पतालमा अन्य कोरोनाका बिरामीलाई राखिने र पहिले तयार भइसकेको कोरोना अस्पतालमा बालबालिकाको लागि व्यवस्थापन गर्ने तयारी भइरहेको जनाएको जनाए ।