भजनी नगरपालिकामा आन्दोलनको स्वरूप फेरियो,नगर प्रमुख र सभा हलमा तालाबन्दी
2021/07/13, 12:34
 
dd

कैलालीको भजनी नगरपालिकामा उपप्रमुख छाया देवकोटाको नेतृत्वमा भइरहेको आन्दोलनको स्वरूप फेरिएको छ । 

सोमबार नगरपालिकाको कार्यालयमा ताला लगाएर सुरु भएको आन्दोलनको स्वरूप आज फेरिएको हो । आज उपप्रमुख सहितको जानप्रतिनिधीहरुको टोलीले नगर प्रमुख शेरबहादुर चौधरी र सभा हलमा तालाबन्दी गरिएको उपप्रमुख देवकोटाले बताइन् ।

‘जनताको धेरै काम बाँकी छ । जनतालाई दुःख नहोस् भनेर हामीले आन्दोलनको स्वरूप परिवर्तन गरेका हौँ’ देवकोटाले भनिन्, ‘हाम्रो आन्दोलन जारी छ ।’

योजना तर्जुमा नगरी बजेट पारित गरेर नगर सभा आयोजना गरिएको भन्दै सोमबार उपप्रमुख देवकोटा सहित वडा नम्बर १ का अध्यक्ष रबिन थापा, ५ का अध्यक्ष केशव बहादुर बुढा र ३ का अध्यक्ष विक्रम चौधरीले सोमबार बिहान तालाबन्दी गरेका हुन् ।

कार्यालयमा तालाबन्दी भएपछि नगर सभा आयोजना हुन सकेको छैन । यस अघि सोमबार १० बजे नगर सभाको आयोजना गरिएको थियो ।