कैलालीको अत्तरियामा कुटपिट हुँदा एक जनाको खुट्टा भाँचियो
2021/07/13, 4:25
 
dd

कैलालीको अत्तरिया बसपार्कमा ५० रुपैयाँ नदिएको विषयमा कुटपिट हुँदा एक जनाको खुट्टा भाँचिएको छ । कैलाली यातायात समितिको काउन्टरका कर्मचारी गोदावरी नगरपालिका वडा नम्बर १ विजयनगरका २६ वर्षीय लक्ष्मण विश्वकर्माले विङ्गर चालक कञ्चनपुरको भीमदत्त नगरपालिका – १६ मजगाँउका २५ वर्षीय गोपाल सामन्त माथि कुटपिट गरेका हुन ।

सोमबार साँझ चलान काट्ने क्रममा सुनौली महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२००१ ज ३८१ नम्बरका विङ्गर चालक र कैलाली यातायातका कर्मचारी विश्वकर्मा बिच विवाद भएको थियो।

सोही क्रममा दुवै बिच हातपात हुँदा विङ्गर चालक सामन्तको खुट्टा भाँचिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । प्रहरीले घाईते सामन्तको अत्तरियामा उपचार हुँन नसकेपछि कोहलपुर रेफर गरेको र कुटपिट गर्ने विश्वकर्मा इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको जनाएको छ ।