धनगढी उप–महानगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनाहरू समपन्न भएका छन् । चालू आर्थिक वर्षमा उपमहानगरपालिकाका २७ वटा योजना मध्य २५ वटा योजना सम्पन्न भएका हुन् । वडा नम्बर २ र ३ मा भन्ने योजना सम्पन्न भएका छन् ।
२ र ३ मा जैविक तटबन्ध र सडक स्थर उन्नति र नाला निर्माणको काम समपन्न हुन नसकेको उप–महानगरपालिकाका रोजगार संयोजक चन्द्र बहादुर महराले बताए । बजार क्षेत्र र कोरोना संक्रमणका कारण ययोना सुरु हुन नसकेको उनले बताए । उनले भने विगतको वर्ष भन्दा यस वर्ष योजनाहरू गुणस्तरीय काम भएको छ ।
चालु आर्थिक वर्षका लागि उपमहानगरपालिको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २ करोड ६६ लाख ४८ हजार रकम विनियोजन गरिएको थियो । उक्त रकममा उपमहानगरपालिकाले २५ वटा योजना कार्यान्वयन गर्दै २ करोड ३ लाख लाख ६१ हजार खर्च गरेको छ ।लकडाउनका कारण केही योजनाको काम स्थगित भएकाले पुरा रकम खर्च गर्न नसकिएको रोजगार संयोजक महराले बताए ।
चालू आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि उपमहानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी २ हजार ६ सय ३४ जना सूचिकृत भएकोमा ६८१ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी पाएका थिए । ६८१ जनाले दैनिक ५१७ रुपैयाँका दरले ज्याला पाएका हुन् ।