भजनी नगरपालिकामा लगाइएको ताला खुल्यो, योजना तर्जुमा गरेर नगर सभा गर्ने सहमति
2021/07/14, 9:31

कैलालीको भजनी नगरपालिकामा उप प्रमुख छाँया देवकोटाको नेतृत्वमा जनप्रतिनिधिले लगाएको ताला खोलिएको छ । योजना तर्जुमा गरेर नगर सभा गर्ने सहमति भएपछि ताला खोलिएको जनाएको छ ।

योजना तर्जुमा बिना रकम बिनियोजन गरेर नगर सभा आयोजना गरेपछि सोमबार उपप्रमुख देवकोटा सहित वडा नम्बर १ का अध्यक्ष रबिन थापा, ५ का अध्यक्ष केशव बहादुर बुढा र ३ का अध्यक्ष विक्रम चौधरीले तालाबन्दी गरेका थिए ।
नगरपालिकाको कार्यालयमा लगाइएको तालाले सोमबार आयोजना गर्ने भनिएको नगर सभा हुन सकेको थिएन ।अब योजना तर्जुमा सकेर सहमतिको आधारमा नगर सभा आयोजना गरिने उपप्रमुख देवकोटाले बताइन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:47
2021/12/02, 10:20
2020/05/12, 4:43
2020/09/09, 2:45