
डडेल्धुरामा टिपरले ठक्कर दिँदा एक बालिका गम्भीर घाइते भएकी छन्। बुधबार साँझ जिल्लाको आलिताल गाउँपालिका–८ मा सुपप्र ०१-००१ क १४७७ नम्बरको टिपरले ठक्कर दिँदा २ वर्षीया पूर्णिमा बोहरा गम्भीर घाइते भएकी हुन्।

बालिकाको टाउकोमा गम्भीर चोट लागेको र उनलाई उपचारका लागि धनगढी पठाइएको आलिताल प्रहरी चौकी इन्चार्ज भीमराज भट्टले जानकारी दिए। उनका अनुसार चालक र टिपरलाई नियन्त्रणमा लिइएको छ। स्थानीयका अनुसार टिपर अत्यधिक गतिमा गइरहेको थियो।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/31, 10:24
2020/07/09, 1:37
2020/11/22, 1:33
2021/04/11, 5:44
2021/10/25, 1:25