
दार्चुलामा पहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छिन्। जिल्लाको व्यास गाउँपालिका वडा नम्बर ३ तुसरपानीस्थित पहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी हुन्।

व्यास गाउँपालिका वडा नम्बर २ राप्ला घर भएकी अन्दाजी ५० वर्षीया बेलमती बुढाथोकी पहिरोमा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमसख तथा प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए। सोही पहिरोमा परी रायमती बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ।
व्यास गाउँपालिका वडा नम्बर २ राप्लाबाट गाउँपालिकाको केन्द्र सुन्सेरा आउने क्रममा आज बिहान ९ बजेतिर तुसरपानीमा खसेको पहिरोमा घाइते महिलाको दाहिने खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। बेपत्ता महिलाको खोजि भइरहेको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08