सुदूरपश्चिम रक्त सञ्चार केन्द्र सञ्चालनमा आएको छ । प्रदेशमै पहिलो पटक अत्याधुनिक रक्त सञ्चार केन्द्र आजदेखि सञ्चालनमा आएको हो । रक्त सञ्चार केन्द्रको आज एक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी कैलालीले धनगढी उप–महानगरपालिकाको समन्वय तथा अमेरिकी जनताको सहयोगबाट धनगढीमा देशकै नमुना सुदूरपश्चिम रक्त सञ्चार केन्द्रको स्थापना गरेको हो । झण्डै ११ करोडको लागतमा रक्त सञ्चार केन्द्र सञ्चालनमा आएपछि प्रदेशमा रगत आपूर्तिमा सहजता हुने विश्वास गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले अमेरिकी जनताको सहयोगमा सुदूरपश्चिमकै पहिलो र देशकै दोस्रो ठूलो अत्याधुनिक रक्त सञ्चार केन्द्र सञ्चालनमा आएको हो । अमेरिकी जनताको सहयोगमा झण्डै ११ करोडको लागतमा निर्मित सो केन्द्र नेपाल रेडक्रस सोसाइटी कैलाली शाखालाई हस्तान्तरण गरिएको छ ।
दुई तले भवनमा सञ्चालन भएको रक्त सञ्चार केन्द्रमा विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्ड पूरा गरिएको छ । प्रादेशिक रक्त सञ्चार केन्द्र सञ्चालनमा आएपछि रगत आपूर्तिमा सहजता हुने विश्वास गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका सभापति उत्तम जोशीले रक्त सञ्चार केन्द्र कैलालीले अहिले वार्षिक ८ हजार पिन्ट रगत संकलन र आपूर्ति गर्दै आएको बताए ।
प्रादेशिक रक्त सञ्चार केन्द्रमा रक्त तत्व जाँच गर्ने प्रविधि समेत रहेको छ । यसले एक जनाले एक पिन्ट रगत दान गर्दा एकभन्दा बढी बिरामीलाई रगत उपलब्ध गराउन सकिने छ । सोही कारण रक्त सञ्चार केन्द्रमा उच्च स्तरीय मेसिन तथा उपकरणहरू जडान गरिएकाले प्राविधिक जनशक्तिको व्यवस्थापनमा भने चुनौती हुने सभापति जोशीले बताए ।
रक्त सञ्चार केन्द्र कैलालीका प्रमुख धरणीधर पन्तले रक्त सञ्चार केन्द्र कैलालीले अहिलेसम्म एक पिन्ट रगत ८५० मा उपलब्ध गराउँदै आएको बताए । तर प्रादेशिक रक्त सञ्चार केन्द्रबाट बढी मूल्यमा रगत खरिद गर्नुपर्ने देखिएको छ ।