एचआईभी र टिबी परियोजनाबारे स्थानीय सरोकारवालासँग छलफल भएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघले सञ्चालन गरिरहेको आप्रवासी तथा उनीहरुका दम्पतिहरुका लागि एचआईभी टिबी कार्यक्रमको बारेमा सरोकारवालाहरुसँग धनगढीमा छलफल गरिएको हो ।
सेभ द चिल्ड्रेन तथा ग्लोबल फण्डको सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघले कैलाली र कञ्चनपुरका सबै पालिकाहरुमा सञ्चालन गरिरहेको कार्यक्रमको बारेमा धनगढीका सरोकारवालाहरुसँग छलफल गरिएको फिल्डका कर्मचारीका भीमप्रसाद शर्माले जानकारी दिए ।
धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओडको संयोजकत्वमा भएको कार्यक्रममा परियोजनाकी कार्यक्रम संयोजक आरती सुनारले कार्यपत्र प्रस्तुत गरेकी थिईन् । विशेषगरी भारत जाने अप्रवासी र उनीहरुका दम्पतिहरुका लागि सञ्चालित कार्यक्रम सन् २०२४ सम्म सञ्चालन हुनेछ । कार्यक्रमको बजेट ८८ लाखभन्दा बढी रहेको छ ।