सरकारले वृद्धि गरेको सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएकोमा भाडादर सार्वजनिक गरेको हो ।
सार्वजनिकभाडादर अनुसार सुदूरपश्चिमको एउटै रुटमा पाँच सय रुपैयाँसम्म भाडा बढेको छ । सार्वजनिक भएको सूची अनुसार सबैभन्दा धेरै काठमाडौं–अत्तरीया–मार्तडी रुटमा ५ सय ६५ रुपैयाँ भाडा बढेर २ हजार ५ सय ८२ पुगेको छ । काठमाडौँ–चैनपुरको २ हजार ६ बाट भाडा बढेर २ हजा ५ सय ६८ पुगेको छ ।
काठमाडौँ–धनगढीको भाडा यसअघिसम्म १ हजार ३ सय २१ रहेकोमा नयाँ सार्वजनिक भाडादर अनुसार १ हजार ६ सय ५७ पुगेको छ । यस्तै काठमाडौँ–धनगढी–साँफेको १ हजार ८ सय ७२ भाडा रहेकोमा बढेर २ हजा ३ सय ५० पुगेको छ । काठमाडौँ–महेन्द्रनगरको १ हजार ३ सय ३२ भाडा रहेकोमा अब १ हजार ६ सय ७१ पुगेको छ ।
यस्तै काठमाडौँ–अत्तरिया–डडेल्धुरा हुँदै बैतडीको १ हजार ७ सय ८४ बाट बढेर २ हजार २ सय ३८ पुगेको छ भने काठमाडौँ–अत्तरिया–सिलगढीको १ हजार ६ सय ७५ भाडाबाट बढेर २ हजार १ सय २ पुगेको छ । काठभाडौँ अत्तरिया डडेल्धुराको भाडा चार सय बढेर १ हजार ९ सय ५३ पुगेको छ ।
यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदन अनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्री स्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको थियो ।
देशभरीका रुटमा भाडादर यस्तो छ