बाजुरामा छोरीलाई बलात्कार गर्ने ६७ वर्षीय पुरुषलाई जन्मकैदको कारबाही गरिने भएको छ। बाजुराको बुढिगँगा नगरपालिकाका उनलाई जिल्ला अदालत बाजुराले जन्मकैद फैसला सुनाएको हो। आफ्नै छोरीलाई बलात्कार र हाडनाताकरणीको मुद्धा अन्तर्गत जन्मकैद फैसला सुनाईएको बाजुरा जिल्ला अदालतले जनाएको छ। उनले आफ्नै छोरीमाथि बलात्कार गरेका हुन्।
१४ बर्षिय छोरीलाई जबरजस्तिकरणी र हाडनाताकरणी गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र २१९ (२) बमोजिम जन्मकैद अर्थात २५ बर्ष कदै र ५० हजार नगद जरिवान तोकेको छ। बाजुरा जिल्ला अदालतले साउन ३१ गते फैसला गरेको हो।
जिल्ला अदालत बाजुुरामा २०७७ साउन २२ गते बलात्कार र हाडनाताकरणी अन्र्तगत मुद्धा दर्ता भएको थियो। बुवाले छोरीलाई बलत्कार पछि गर्भ रहेको खुलाशा भएपछि घटना बाहिर आएको हो। पिडित बालिकाले घरमा कोही नभएको बेला आफुमाथि करणी गरेको वयान दिएकी थिईन्।