सुदूरपश्चिममा थप ४३ जनामा संक्रमण पुष्टि हुँदा २८ जना निको, मृतकको संख्या शुन्य
2021/07/17, 7:12
 
dd

सुदूरपश्चिम प्रदेशमा शनिबार ४३ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । २८ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशभरी ४ सय ८४ नमुना परीक्षण गरिएकोमा ४३ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । 

सेती अस्पतालमा ५५ जनाको नमूना परीक्षण गर्दा ३३ जना र डडेल्धुरा अस्पतालमा १२ जनाको नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा मृतकको संख्या भने शून्य रहेको जनाएको छ । 

हालसम्म सुदुरपश्चिममा ४४ हजार ५ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । ३५ हजार ३ सय ८ जनाले कोरोना जितेका छन् । हालसम्म प्रदेशभर ५७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।