दार्चुलामा गत आवमा १ सय ४० मुद्दा दर्ता
2021/07/18, 10:01
 
aa

जिल्ला अदालत दार्चुलामा गत आर्थिक वर्ष २०७७/०७८ मा १४० मुद्दा दर्ता भएका छन्। जसमध्ये ९५ वटा मुद्दा फर्छ्यौट भएका र ४६ वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेका अदालतले जनाएको छ।

एक वर्ष नाघेका मुद्दा नरहेको बताइएको छ। दर्ता भएका मुद्दाहरुमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका ३२ मुद्दाहरु रहेका छन्। तीमध्ये १४ मुद्दा फर्छ्यौट भइसकेका छन्।

जबरजस्ती करणीका मुद्दा १२ वटा दर्ता भएकामा ११ वटाको फर्छ्यौट भइसकेको छ। अदालतले एक आर्थिक वर्षमा ११८ वटासम्म मुद्दा दर्ता हुनसकने अनुमान गरेपनि गत वर्ष १ सय ४० मद्दा दर्ता भएको जिल्ला अदालतले जनाएको छ।