कैलालीमा सार्वजनिक अपराधका घटनामा कमी, आत्महत्या र करणीका घटना वृद्धि, कुन अपराधको के छ अवस्था ? (भिडियो सहित) 
2021/07/18, 6:12
 
aa

कैलालीमा आर्थिक बर्ष २०७७–७८ मा विभिन्न अपराधजन्य घटनाहरुमा केही कमी आएको छ । गत बर्षको तुलनामा यस बर्ष ४ दशमलव ३८ प्रतिशतले अपराधजन्य घटनाहरुमा कमी आएको हो । यस बर्ष जिल्लामा १ हजार ३०७ वटा मृद्धा दर्ता भएका छन । जिल्ला प्रहरी कार्यालय कैलालीले देखाएको तथ्याङ्क अनुसार यो संख्या गत बर्षको तुलनामा ४ दशमलव ३८ प्रतिशतले घटेको हो ।

समग्रमा अपराधजन्य घटनाहरु कमी आएको देखाएपनि कतिपय घटनाहरु बढेका छन । गत बर्ष १ हजार ३६७ वटा मुद्धाहरु जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए भने यो बर्ष १ हजार ३०७ वटा मुद्धा दर्ता भएका हुन । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले गत बर्षको तुलनामा यस बर्ष जिल्लामा अपराधजन्य घटनाहरुमा कमी आएको जानकारी दिए ।

उनले सार्वजनिक अपराधहरु गत बर्षको भन्दा ४३ दशमलव ३३ प्रतिशतले घटेको बताए । गत बर्ष ४७७ वटा सार्वजनिक घटनाहरु दर्ता भएकोमा यस बर्ष २५६ वटा घटनाहरु दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । आत्महत्याका घटना गत बर्षको तुलनामा २० दशमलव २७ प्रतिशत, जबरजस्ती करणी ११ दशमलव ९५ प्रतिशत, चोरी ९ दशमलव ०९ प्रतिशत, सवारी दुर्घटना ६ दशमलव ५५ प्रतिशत, बहुविवाह ६५ दशमलव ५१ प्रतिशत र जबरजस्ती करणी उद्योगका घटना ४६ दशमलव ४२ प्रतिशतले बढेको तथ्याङ्कमा उल्लेख छ ।

यस्तो छ पछिल्लो एक बर्षको अपराधको अवस्थाः 

2