सुदूरपश्चिममा सवारी दुर्घटनामा १८७ जनाको मृत्यु
2021/07/18, 10:06
 
bb

सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा परी १ सय ८७ जनाको मृत्यु भएको छ । आर्थिक बर्ष २०७७/७८ मा भएका सवारी दुर्घटनामा परी १ सय ४६ पुरुष, ३० महिला र ११ बालबालिका गरी १ सय ८७ जनाको मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सो अवधिमा ७ सय ८३ वटा सवारी दुर्घटना भएका छन ।

एक बर्षको अवधिमा सवारी दुर्घटनामा परि प्रदेशमा १ हजार ९६ जना घाईते भएका छन । जसमा ५ सय ८७ जना गम्भिर घाईते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । प्रदेशमा हुने दुर्घटनामा आधा भन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन । एक बर्षको अवधिमा प्रदेशमा ४ सय २७ मोटरसाइकल दुर्घटनामा परेका छन ।

मोटरसाइकल पछि जीप,कार र ट्याक्टर बढी दुर्घटनामा परेका छन । एक बर्षको अवधिमा ८० जीप, कार दुर्घटनामा परेका छन भने ७५ वटा ट्याक्टर दुर्घटनामा परेका छन । त्यस्तै बस ४०, ट्रक टेक्टर ३८, टेम्पो ३२, टिपर १८, डोजर, स्काईभेटर, माईक्रो १४ र अन्य ५८ सवारी दुर्घटनामा परेका छन ।

प्रदेशमा आर्थिक बर्ष २०७६र०७७ को तुलनामा आर्थिक बर्ष २०७७र०७८ मा सवारी दुर्घटना हुने संख्या पनि बढेका छन । आर्थिक बर्ष २०७६/०७७ मा कुल ३ सय ३ सय ८६ सवारी दुर्घटनामा परेकोमा सो संख्या आर्थिक बर्ष २०७७.०७८ मा सो संख्या दोब्बरले बढेर ७ सय ८३ पुगेको छ । सो अवधिमा सवारी साधन दुर्घटनामा परेर मृत्यु हुनेको संख्या पनि बढी रहेको छ । आर्थिक बर्ष २०७६/०७७ मा १ सय ४३ जनाको सवारी दुर्घटनामा मृत्यु भएकोमा सो संख्या बढेर आर्थिक बर्ष २०७७/०७८ मा १ सय ८७ पुगेको हो ।

प्रदेशमा एक बर्षको अवधिमा सवारी साधन कारवाहीमा साढे ४ करोड बढी राजश्व संकलन भएको छ । आर्थिक बर्ष २०७७/०७८ मा ४ करोड ५७ लाख ६७ हजार राजश्य संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।  सो अवधिमा ७९ हजार ८९ सवारी साधन कारवाहीमा परेका छन । जसमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन । प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार एक बर्षको अवधिमा २९ हजार २ सय ८३ मोटरसाइकल कारवाहीबाट १ करोड ६९ लाख ४३ हजार ५ सय राजश्व संकलन भएको छ ।

त्यस्तै १८ हजार २ सय २४ जिप कार कारवाहीमा १ करोड ४० हजार, १४ हजार २ सय २ सय ६९ ट्रक कारवाहीमा ८५ लाख २० हजार ५ सय, ११ हजार ७ सय ५८ टेक्टर कारवाहीमा ६९ लाख ६९ हजार, २ हजार ८ सय ४३ बस कारवाहीमा १७ लाख ५९ हजार ५ सय र २ हजार ७ सय १२ अन्य सवारी साधन कारवाहीमा १५ लाख ३४ हजार ५ सय राजश्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  प्रदेशमा आर्थिक बर्ष २०७६र०७७ मा ५६ हजार १ सय ५३ सवारी कारवाहीमा ३ करोड ३१ लाख ९९ हजार ५ सय राजश्व संकलन भएको थियो ।