
सुदूरपश्चिम प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ६० एन्टीजेन परिक्षण गर्दा ४ जना र २९ नमूनाको पीसीआर बिधिबाट परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४४ हजार ५ सय २८ पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा थप ४१ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना निको हुनेको संख्या ३५ हजार ३ सय ४९ पुगेको छ ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीका ७१ बर्षीय पुरुष रहेका छन । यो संगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ७५ पुगेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08