अछामी जनताको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु: भीम रावल
2021/07/18, 11:07

नेकपा एमालेका नेता भीम रावलले अछामी जनताले पाँच वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेको भन्दै क्षमा मागेका छन् । आइतबार दिउँसो सांसद पदबाट राजीना दिएका रावलले अनैतिक र दुषित राजनीतिको मतियार नहुन प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएको भन्दै त्यसप्रति क्षमा मागेका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, “जनता, विशेषतः अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दुषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु । अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08