
अछाममा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका १४ कालागाउँमा जेसीबी दुर्घटना हुँदा ढकारी गाउंपालिका वडा नम्बर २ का ३७ वर्षीय रामबहादुर साउंदको मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्य दुई जना घाइते भएका छन्। घाइते दुई जनालाई उपचारका लागि मंगलसेन पठाइएको छ। कालागाउँस्थित ठाँटीबाट खाँटतर्फ गइरहेको अन्टेस्ट जेसीबी सडक भन्दा ७० मीटर तल खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

2025/05/23, 12:33
2025/05/23, 12:31
2025/05/23, 12:30
2025/05/23, 12:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/09, 9:27
2021/12/03, 12:27
2023/01/18, 12:52
2024/11/30, 1:37