वडा प्रहरी कार्यालय धनगढीका प्रमुख, प्रहरी निरीक्षक हेमराज भट्टको सरुवा भएको छ। प्रमुख भट्टको सरुवा भएको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। भट्टले आजै रमाने लिने उनले बताए।
जिल्ला प्रहरी कार्यालय कैलालीको मातहतमा रहेको वडा प्रहरीका प्रमखु रहेका भट्टको संघीय प्रहरी इकाई महेन्द्रनगरमा सरुवा भएको हो। उनको स्थानमा प्रहरी तालिम केन्द्र दीपायलबाट प्रहरी निरीक्षक गौरीशंकर जैशी आउने भएका छन्। प्रहरी निरीक्षक हेमराज भट्टले २०७६ माघ २ गते प्रहरी कार्यालयको कमाण्ड समालेका थिए। ईलाका प्रहरी कार्यालय टीकापुरबाट उनी वडा प्रहरी कार्यालयमा आएका हुन्।
भट्टले वडाको कमाण्ड समालेको २ महिनापछि कोरोना भाइरस नेपालमा पनि महामारी रुपमा फैलिएको थियो। कोरोना संक्रमण नियन्त्रण गर्नका लागि सोही वर्षको चैत ११ गतेदेखि देश भरी नै लकडाउनको घोषणा भयो। धनगढीमा हुने अपराध नियन्त्रण, लागुऔषध दुव्र्यसन लगायत लकडाउन कार्यान्वयन गर्ने जिम्मेवारी उनको काधमा थियो।
कोरोना नियन्त्रणका लागि जारी लकडाउनको कार्यान्वयन नै निकै चुनौती पूर्ण रहेको भट्टले बताए। तर पनि उक्त समयमा यस क्षेत्रका स्थानीय, नागरिक अगुवा, राजनीतिक दल, मिडिया लगायतको महत्वपूर्ण सहयोग पाएको धारणा उनको छ।
भारतसँग खुला सिमाना भएका कारण पनि धनगढीका विभिन्न स्थानबाट चोरी तस्करी हुने गरेको छ। अवैध रुपमा हुने चोरी तस्करी नियन्त्रणमा पनि वडा प्रहरी कार्यालयले महत्वपूर्ण भूमिका खेलेको उनले बताए।
उक्त अवधिमा देशमा विभिन्न राजनीतिक घटना क्रमहरु पनि चर्चामा रहे। राजनीतिक केन्द्रको रुपमा समेत रहेको प्रदेशको अस्थायी राजधानी धनगढीमा विभिन्न आन्दोलन तथा प्रदर्शनहरु समेत भए। राजनीतिक दलहरुले उक्त अवधिमा सरकारको पक्ष तथा विपक्षमा प्रदर्शन हुने गरेका थिए।
लामो समयसम्म चलेको राजनीतिक उतारचढावको अवधिमा अप्रिय घटना हुनबाट रोक्नका लागि आफु निकै खटिएको हेमराज भट्टको भनाई छ।