जिल्ला प्रहरी कार्यालय दार्चुलामामा १२८ वटा उजुरी दर्ता
2021/07/20, 10:28
 
dd

जिल्ला प्रहरी कार्यालय दार्चुलामा एक वर्षको अवधिमा १२८ वटा उजुरी दर्ता भएका छन । गत आर्थिक वर्षको साउन देखि असार मसान्त सम्म विभिन्न घटनामा १२८ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यस अवधिमा सबैभन्दा बढि भबितव्य ज्यान अन्तरर्गतका ३४ वटा उजुरी दर्ता भएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दका अनुसार कर्तब्य ज्यान अन्तरर्गत ८ वटा, ज्यान मार्ने उद्योगतर्फ, १ वटा ,झुण्डिएर आत्महत्या १६ वटा, नदीमा हामफाली ३ वटा , विष सेवन गरी २ वटा, उजुरी दर्ता भएका छन ।

यस्तै भबितव्य ज्यान अन्तरर्गत ३४ वटा,सवारी दुर्घटनाका ६ वटा , जबरजस्ती करणीका ५ वटा, जबरजस्ती करणी उद्योगका २ वटा, तथा बहुविबाहका २ वटा उजुरी मुद्धा दर्ता भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिनु भएको छ ।

यस्तै प्रहरी कार्यालयमा गत वर्षमा चोरीका ७ वटा राज्यदो्रह १ वटा हातहतियार खरखजाना सम्बधि १ वटा कुटपिट अंगभग १ वटा लागु पदार्थ औषधि अन्तरर्गत ७ वटा गरी गत आर्थिक वर्षमा १२८ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यि मध्ये हाल सम्म ६३ वटा मुद्धाहरुको फछ्यौट भएको छ भने अझै ६५ वटा मुद्धाहरु फछ्र्यौट हुन बाकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।