सांसद प्रेम आले र लक्ष्मी चौधरीलाई युवा संघ कैलालीले बहिष्कार गर्ने
2021/07/20, 10:30

संघीय सांसद प्रेम आले र लक्ष्मी चौधरीलाई राष्ट्रिय युवा सङ्घ नेपाल कैलालीले बहिष्कार गर्ने भएको छ।

एमालेबाट निर्वाचित भएर पनि काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै उनीहरूलाई बहिष्कार गर्ने घोषणा गरिएको हो।
युवा संघ कैलालीका अध्यक्ष गणेश महराले मंगलबार दुई सांसद विरुद्ध धनगढीमा विरोध जुलुस समेत आयोजना गरिने जानकारी दिए।

आले डोटीबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने चौधरी कैलालीबाट समानुपातिक सांसद हुन्।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08