
कैलालीमा बसले ठक्कर दिदा एक जना साईकल यात्रीको मुत्यु भएको छ । बर्दगोरीया गाउँपालिका २ की २५ वर्षीया सरस्वती उपाध्यायको मुत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।

लम्की बाट धनगढी आउँदै गरेको ना ७ ख ९३० नम्बरको बसले साईकल यात्रीलाई दिउँसो १ बजे बौनियाँ बजारको चौराहामा ठक्कर दिएको थियो । गम्भीर घाईते उपाध्यायको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ ।
बस र चालकलाई ईलाका प्रहरी कार्यालय बौनियाले नियन्त्रणमा लिएको छ ।
