चार दिनदेखि भइरहेको लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने दुई राजमार्ग अवरुद्ध भएका छन्। बैतडीको सुर्नयामा आएको पहिरोका कारण महाकाली लोकमार्ग अवरुद्ध भएपछि दार्चुलाको यातायात सेवा प्रभावित बनेको छ।
महाकाली राजमार्ग अन्तरगत सतबाँझ –गोकुलेश्वर सडकखण्डमा पर्ने बैतडीको सुर्नया गाउँपालिका ३ धरमघरमा पहिरो खसेपछि दार्चुला र बैतडीका केही स्थानको यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
सडकमाथिबाट पहिरो खसेकाले अहिले गाडीहरु बीच बाटोमै रोकिएका प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए। अहिले पहिरो पन्छ्याउनका लागि प्रयास भइरहेको उनले बता ।
लगातारको वर्षाकै कारण जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको ढोल्यामोडमा पहिरो खस्दा बझाङ जिल्लाको यातायात समेत अवरुद्ध भएको छ। मंगलबार बिहान खेसेको सो पहिरो पन्छाउने काम भइरहेको ओझाले बताए।