धनगढी उपमहानगरपालिकाको विवादित क्षेत्रमा वर्षापछि जमेको पानी निकास गर्न परिचालन भएका प्रहरीमाथि स्थानीयले ढुुङ्गामुुढा गरेका छन् । धनगढी उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालय लगायतका क्षेत्रमा जमेको पानी वडा नम्बर २ हुुँदै मोहना नदीतर्फ निकास दिने क्रममा प्रहरीमाथि मंगलबार ढुुङ्गामुुढा प्रहार भएको हो ।
स्थानीयले प्रहार गरेका ढुुङ्गामुुढा लागेर नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत गरेर १० जना घाइते भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए । उनकाअनुसार घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेपनि अवस्था खतरामुुक्त छ । सो क्रममा आक्रोशित भीडलाई तितरवितर पार्न प्रहरीले बल प्रयोग गरेको छ ।
अश्रुुग्यास प्रहार गरेपछि भीड नियन्त्रणमा आएको थियो । लगातारको वर्षाका कारण विद्युत कार्यालय डुुबान परेर विद्युत प्रवाह नै अवरुद्ध हुने अवस्थाकाबीच वडा नम्बर २ का स्थानीयले कल्भर्टमा ग्राभेल भरेर पानी रोकिदिएपछि बाध्य भएर बल प्रयोग गर्न परेको प्रहरी उपरीक्षक अधिकारी बताउँछन् ।
यसअघि सोमबार पनि प्रहरीले बल प्रयोग गरेरै कल्भर्टमा हालिएको ग्राभेल जेसीबीको प्रयोग गरेर निकालेपछि जम्मा भएको पानी निकास भएको थियो । तर स्थानीय मंगलबार फेरी कल्र्भट बन्द गरिदिएपछि सोमबार रातिदेखि नै परेको पानीले विद्युत कार्यालय, हाटबजार लगायतको क्षेत्र डुुबानमा परेको थियो । वडा नम्बर २ का स्थानीयले सो पानीले आफ्ना घरहरु डुुबानमा पर्ने भन्दै विरोध गर्दै आएका छन् ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पानीको उचित दिने निर्णय गरेको थियो । तर स्थानीयले लगातार विरोध र प्रर्दशन गर्न थालेपछि प्रहरीलाई समस्या भएको छ ।