क्वारेन्टाईनमा प्लाष्टिकको चामल प्रयोग गरेको भन्दै विरोध
2020/06/10, 3:53
 
korona

कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बसेका स्थानियहरुले विरोध गरेका छन् । क्वारेन्टाईनमा बस्ने क्रममा नगरपालिकाले प्लाष्टिकको चामल प्रयोग गरेको र आफुहरुको पिसिआर प्रविधि बाट स्वास्थ्य चेकजाँच नगरेको भन्दै विरोध गरेका हुन् ।

विरोधका उत्रिएका स्थानियहरुको क्वारेन्टाईन बाट निस्केर सुखड चोक सम्म पुगेका थिए । यता नगरपालिकाका प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले क्वारेन्टाईनमा प्रयोग भएको चामल नगरपालिकाले खरिद गरेको नभई सहयोगीहरु बाट प्राप्त भएको र प्लाष्टिकको भनिएको चामलको गुणस्तर चेकजाँच हुने जानकारी दिए ।