
कैलाली-धनगढीमा भाडा दर नराख्ने र कागजपत्र नबोक्ने अटो रिक्सा कारबाहीमा परेका छन् ।ट्राफिक प्रहरी कार्यालय कैलालीले बुधवार भाडा दर नराख्ने र कागजपत्र नभएका ३१ अटो रिक्सालाई कारबाही गरेको हो ।

१० वटा कागजपत्र नभएका र अन्यले भाडा दर नराखेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले जानकारी दिए । कारबाहीमा परेका अटो रिक्साबाट जरिवाना लिइएको उनले बताए । पछिल्लो समय ट्राफिक प्रहरीले चेक जाँचमा कडाइ गरिरहेको छ ।
भाड दर नराखेर यात्रु ठगिने गरेको भन्दै अनिवार्य रूपमा दुरी अनुसारको भाडा दर राख्न ट्राफिक प्रहरीले निर्देशन दिइसकेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08