अछाममा क्वारेन्टाइनमै छोरी जन्माईन रुविनाले
2020/06/10, 4:20
 
baby

अछामको मंगलसेन नगरपालिका वडान नम्वर १ को कुन्ति मावि क्वारेन्टाइनमा एक महिलाले बच्चा जन्माएकी छन । १४ गते भारतबाट आएर क्वारेन्टाइन बसेकी २७ वर्षिया रुविना थापाले बुधबार मध्यान्ह छोरीलाई जन्म दिएकी हुन । 

थापालाई क्वारेन्टाइनको छुट्टै कोठामा स्वास्थ्य चौकी कुन्तिवण्डालीका अनमी कल्पना भण्डारी र जमुना खातीले सुरक्षित रुपमा प्रसुति गराएका हुन् । स्वास्थ्यचौकी ईञ्चार्ज अर्जुन बहादुर बोहराका अनुसार सुत्केरी महिला र नवजात शिशु दुबैको अवस्था सामान्य रहेको रहेको छ ।

यसअघि थापा सहित अन्य ९ जनाको जेठ १९ गते पिसिआर परिक्षण गरिएको थियो । जसमा एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो भने अन्यको रिपोर्ट नेगेटिभ आएको थियो ।  यस्तै बुधबार कुन्ति मावि क्वारेन्टाइनमा १४ दिन पूरा भएका ३२ जनाको आरडिटी परिक्षण गरिएको छ ।

सबैको रिपोर्ट नेगेटिभ आएकोले उनीहरु सहित पिसिआर रिपोर्ट नेगेटिभ आएका ७ जना गरी ३९ जनालाई घर पठाईएको वडा अध्यक्ष गोपाल थापाले बताए ।