
६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने डडेल्धुरामा करीब ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्षको अहिलेसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।
समयमै मनसुन वर्षा भएका कारण डडेल्धुरामा यो वर्ष साउन पहिलो सातामै ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए । नियमित रुपमा वर्षा भएका कारण सिँचाइ हुने जमीनका साथै सिँचाइ नहुने जमीनमा समेत यो वर्ष रोपाइँ गर्न किसानलाई सहज भएको छ । निरन्तरको वर्षा र समयमै धानको बेर्ना राख्न पाएका कारण प्रायःजसो ठाउँमा रोपाइँ सम्पन्न गरिएको छ ।
जिल्लाको भित्रीमधेश क्षेत्र जोगवुडा, परशुराम आलितालमा मुख्य रुपमा धान रोप्ने गरिन्छ । त्यसैगरी भागगेश्वर, नवदुर्गा, अजयमेरु, गन्यापधुराको सकायल, कोरोल, अशिग्राम क्षेत्र, अमरगढीको केही स्थानमा वर्षेबालीका रुपमा धान रोप्ने गरेको पाइन्छ ।
यो वर्ष समयमै रोपाइँ भएका कारण धान उत्पादनमा वृद्धि हुने विश्वास लिइएको छ । डडेल्धुरामा ६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 10:46
2020/10/21, 8:59
2021/05/17, 4:50
2021/12/20, 8:38
2023/01/01, 1:09