
कैलालीमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भजनी नगरपालिका ७ चर्रा बस्ने ३० वर्षीय दिनेश चमार र कञ्चनपुरको पुनर्वास नगरपालिकापालिका ११ का २२ वर्षीय केशर राई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चमारलाई भजनी नगरपालिका १ मा रहेको मोहन्याल सामुदायिक वन नजिकबाट लागूऔषध खैरो हिरोइन ५ ग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।
राईलाई धनगढी उपमहानगरपालिका ३ भन्सार नजिक नाइट्रोभेट ३० ट्याब्लेट र स्पास १६ ट्याब्लेटसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08