कैलालीमा कोरोना संक्रमितको संख्या ६० पुग्यो, एकको मृत्यु, एक रेफर, ९ डिस्चार्ज
2020/06/10, 4:49
 
korona

वुधवार थप ६ जनामा कोरोना पष्टि भएको छ । धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका ५ र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको छ । कैलालीको टीकापुर नगरपालिका १९, २३, २५, २६ र ३५ बर्षीय पुरुष र कञ्चनपुरको बेलौरीका २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । योसंगै कैलालीमा संक्रमित संक्रमितको सङख्या ६० पुगेको छ । 

कैलालीमा सबैभन्दा बढी गौरीगंगा नगरपालिकामा २० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै टीकापुर नगरपालिकामा १३ जना, धनगढी उप–महानगरपालिकामा ११ जना, जानकी गाउँपालिकामा ९ जना, लम्कीचुहा नगरपालिका २ जना, भजनी नगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका, मोहन्याल र बर्दगोरिया गाउँपालिकामा एक एक जना कोरोना संक्रमित भेटिएका छन् ।

संक्रमित मध्ये हा सम्म नौँ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन्। एक जनाको मृत्यु भएको छ भने एक जना थप उपचारका लागि काठमाडौँ रेफर भएका छन्।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका ६० जना, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ८, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय ४६, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ ।