सुदूरपश्चिममा वुधवार थप ६ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि भएको हो । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
वुधवार थप ६ जनामा कोरोना पष्टि भएको छ । धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका ५ र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको छ । कैलालीको टीकापुर नगरपालिका १९, २३, २५, २६ र ३५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । योसंगै कैलालीमा संक्रमित संक्रमितको सङख्या ६० पुगेको छ ।
कैलालीमा सबैभन्दा बढी गौरीगंगा नगरपालिकामा २० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै टीकापुर नगरपालिकामा १३ जना, धनगढी उप–महानगरपालिकामा ११ जना, जानकी गाउँपालिकामा ९ जना, लम्कीचुहा नगरपालिका २ जना, भजनी नगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका, मोहन्याल र बर्दगोरिया गाउँपालिकामा एक एक जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमित मध्ये हालसम्म ९ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन ।
उता कञ्चनपुरमा पनि संक्रमितको संख्या ३४ पुगेको छ । वुधवार थप ए जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कञ्चनपुरको बेलौरीका २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । वेलौरीमा पहिलो पटक संक्रमित भेटिएका हुन । कञ्चनपुरको पुर्नवास नगरपालिका सवैभन्दा वढी संक्रमित रहेका छन् । यो नगरपालिकामा मात्रै संक्रमितको संख्या २० पुगेको छ । त्यसैगरी भीमदत्त नगरपालिकामा ७ जना, शुक्लाफाँटामा ५ जना संक्रमित पुगेका छन् । वेतकोट नगरपालिका एक पुरुष भने कोरोना जितेर घर फर्किसकेका छन् । वेलौरीमा एक जना थप भएसँगै कञ्चनपुर जिल्लामा संक्रमितको संख्या ३४ पुगेको हो ।
कैलाली कञ्चनपुर वाहेक अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ८, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय ४६, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ ।
।