
कञ्चनपुरमा मास्क बिना हिड्डुल गर्ने दुई सयभन्दा बढी व्यक्तिलाई प्रहरीले जरिवाना गरेको छ ।बुधवारदेखि जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णय बमोजिम प्रहरीले मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्न थालेको हो ।

महेन्द्रनगर बजार क्षेत्रमा मास्क बिना हिड्डुल गर्ने २ सय ५७ जनालाई जनही रु. १०० जरिवाना गरी कारबाही गरिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कञ्चनपुरमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा स्वास्थ्य सुरक्षा मापदण्डको सही पालना नगर्ने गरेको पाइएकाले जिल्ला कोभिड व्यवस्थापन समितिले मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्ने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27