
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभाको सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्ने तयारी गरेका छन् । पार्टीभित्रको चौतर्फी दबाबपछि रावल राजीनामा फिर्ता गर्न तयार भएको स्रोतले बताएको छ ।

एमाले विवाद समाधान कार्यदलमा माधव नेपाल पक्षबाट संयोजक रहेका रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि राजीनामाको घोषणा गरेका थिए । एमाले अध्यक्ष केपी ओली कार्यदलले तयार गरेको १० बुँदे सहमति कार्यान्वयनमा सकारात्मक नभएको र वरिष्ठ नेता नेपाल देउवालाई विश्वासको मत दिएरै छाड्ने अडानमा रहेपछि उनले राजीनामा घोषणा गरेका थिए ।
रावललाई राजीनामा फिर्ता गर्न अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवैले आग्रह गर्दै आएका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02