धनगढीको स्वस्तिक कार्डियो हस्पिटलले माग्यो बिशेषज्ञ सहित ३५ जना कर्मचारी
2021/07/22, 10:51
 
corona

धनगढीमा सञ्चालनको तयारीमा रहेको स्वस्तिक कार्डियोे हस्पिटलले विभिन्न पदहरुमा कर्मचारी मागेको छ । धनगढीको एलएनचोकमा सञ्चालनको तयारीमा रहेको हस्पिटलले विभिन्न १७ पदमा ३५ जना स्वास्थ्यकर्मीहरु माग गरेको हो ।

कार्डियोलोजिष्ट, ईन्डोक्लिनोजिष्ट, कन्सल्टेन्ट डर्माटोलोजिष्ट, कन्सल्टेन्ट जनरल सर्जन, कन्सल्टेन्ट युरोलोजिष्ट, कन्सल्टेन्ट नेफ्रोलोजिष्ट, कन्सल्टेन्ट ईन्टरनल मेडिसिन, कन्सल्टेन्ट रेडियोलोजिष्ट लगायत विशेषज्ञ पदमा विज्ञापन खोलेको सञ्चालक महेश जोशीले जानकारी दिए ।

3

जोशीका अनुसार हस्पिटलमा मेडिकल अफिसर, मेडिकल ल्याब टेक्नोलोजिष्ट, फार्मेसी असिस्टेन्ट, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ल्याक टेक्निसियन, एनएम पदमा रोजगारीका लागि आवेदन माग गरेको हो ।

त्यस्तै एकाउन्ट अफिसर र मार्केटिङ अफिसरका लागि पनि विज्ञापन खोलेको छ । सबै पदहरुमा दुई बर्षको अनुभव हुनुपर्ने उल्लेख गरिएको छ । 

1