साउनदेखी नै  बजेट कार्यान्वयन गर्न निर्देशन
2021/07/23, 10:46
 
ss

सुदूरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७८÷०८९ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मातहता निकायलाई निर्देशन दिएका छन् ।  शुक्रबार मन्त्रालयमा आयोजित आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक प्रगति समिक्ष गोष्ठीमा मन्त्री सोडारीले अनुभुति हुने र देखीने गरी काम गर्न कार्यालय प्रमुख निर्देशन दिएका हुन् ।

सोडारीले अषाढमा मात्रै बजेट खर्च गर्ने परिपार्टीको अन्त्य गर्न साउन देखिनै बजेट कार्यान्वयनमा लाग्नुपर्ने बताए । बजेट खर्च मार्गदर्शन मन्त्रालयले चाडै कार्यालयहरुमा पु¥याउने मन्त्री सोडारीले बताए ।  ‘तपाईहरु लाई तुरुन्तै अर्थमन्त्रालयले बजेट मार्गदर्शन उपलव्ध गराउँछ’ मन्त्री सोडारीले भने–‘त्यसको आधारमा काम अघी बढाउनुहोस्, नीतीगत समस्या भए हामी सहजिकरण गर्नेछौं ।’ 

मन्त्री सोडारीले कोभिड १९ को समयमा पनी विकास बजेट कार्यन्वयन राम्रै भएको भन्दै कर्मचारीलाई धन्यवाद समेत दिए ।  मन्त्रालयका सचिव इन्द्रदेव भट्टले गत आर्थिक बर्षको प्रगति सन्तोषजन भएको भन्दै जनशक्तीको अभावका कारण शत प्रतिशत बजेट कार्यन्वयन गराउन कठीनाई भएको बताए । कार्यक्रममा ९ वटै जिल्लाका विकासे कार्यालयका प्रमुखको उपस्थिती रहेको थियो ।