कैलालीमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन् । बर्दगोरीया गाउँपालिका २ कि २५ वर्षिया सरस्वती उपाध्यायको मुत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पार्दै आन्दोलन गरेका छन ।
उनीहरुले पूर्वपश्चिम राजमार्गको बौनिया बजारमा राजमार्ग अवरुद्ध पार्दै पीडित परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग गर्दै प्रर्दशन गरेका छन । प्रर्दशनले उग्र रुप लिएपछि प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप समेत भएको छ ।
दोहोरो झडपपछि स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । उनले प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएपछि भीड नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरिएको बताए । वुधवार दिउँसो लम्कीबाट धनगढी आउँदै गरेको ना ७ ख ९३० नम्बरको बसको ठक्करबाट साईकलमा सवार उपाध्यायलाई बौनियाँ चौराहामा ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाईते भएकी उपाध्यायको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको थियो ।