धनगढीमा उपमेयरले सुल्झाईन् दुई वडाको पानी निकासको विवाद, वडा कार्यालयको ताला खुल्यो 
2021/07/24, 7:24
 
dd

धनगढी उपमहानगरपालिका–२ र ३ बीचको पानी निकास सम्बन्धीको विवाद उपमेयर सुशीला मिश्र भट्टले सुल्झाएकी छिन् । वडा नम्बर ३ मा जमेको पानी मोहना–अत्तरिया छ लेन सडकमा अवस्थित कल्भर्टबाट वडा नं २ मा निकास गर्दा सो वडाका केही स्थान डुबानमा परी जलमग्न बढेको विवाद उपमेयर भट्टले स्थलगत रुपमा वडामै गएर विवाद सुल्झाएकी हुन् । 

1

केही दिनको लगातारको वर्षाका कारण वडा नं ३ का विभिन्न क्षेत्र डुबानमा परेपछि उक्त पानी वडा नं २ बाट निकास गरेपछि वडा नं २ का शिखर टोल, मालिका टोललगायतका क्षेत्र डुबानमा परेको भन्दै वडा नम्बर २ का वासिन्दाले वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए । वडामै पुगेर उपमेयर भट्टले तत्काल पानी निकासको अस्थायी समाधान खोजेर समस्या समाधान गर्ने वचनबद्धतापछि वडा कार्यालयमा लगाईएको ताला समेत खुलेको छ ।

3

 वडा नम्बर  का वासिन्दाहरुलाई समस्या भएको भन्दै तत्काल रुपमा समस्या समाधानका लागि काम पनि सुरु गर्ने भनेपछि ताला खुलेको थियो । ताला खुलेसँगै जेसीवी लगाएर पानी निकासको व्यवस्था गर्दै डुवान पनि हटाईएको छ ।  विपदका वेला सबै वडावासीहरुले मिलेर सहयोग गर्नुपर्ने उपमेयर भट्टले बताईन् । उनले अगामी दिनमा दिर्घकालीन समस्या समाधनको लागि पनि काम सुरु भईसकेको जानकारी दिदैं पानी निकासको उचित प्रबद्र्धन मिलाईने बताईन् । 

4

यता प्रत्येक वर्ष बर्सातमा डुबानमा पर्ने गरेको वडा नं ३ मा पानी निकासको समस्या हुने भएका कारण उक्त पानी मोहनापुल–अत्तरिया छ लेन सडकमा निर्माण गरिएको कल्भर्ट भई वडा नं २ बाट निकास दिनुपर्ने बाध्यता पनि छ । वडा नं ३ बाट वडा नं २ मा निकास गरिएको पानीलाई पनि निकासा दिनुपर्ने वडा नं २ वासीको भनाइ छ । दुवै वडामा डुबान नहुने गरी समस्या समाधान हुनुपर्ने माग गर्दै आएको वडा नं २ का स्थानीयवासीले बताएका छन् ।

3

लगातारको वर्षापछि वडा नं ३ का विभिन्न क्षेत्र जलमग्न भई नेपाल विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र, हाटबजारलगायत क्षेत्र डुबानमा परी समस्या हुन थालेपछि प्रहरीले मोहनापुुल–अत्तरिया छ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोली निकास गर्न खोज्दा वडा नं २ का स्थानीयवासी र प्रहरीबीच झडपसमेत भएको थियो । 

4

झडप हुँदा सशस्त्र प्रहरीका छ र नेपाल प्रहरीका सात गरी १३ प्रहरी घाइते भएका थिए । त्यस्तै केही स्थानीयवासी पनि घाइते भएका थिए । लामो समय उक्त क्षेत्र तनावग्रस्त भई प्रहरी र स्थानीयवासीबीच मुठभेड हुन थालेपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले ५७ राउण्ड अश्रुग्यास हवाई फायर गरेको थियो ।