कैलालीमा छाडा चौपाया बचाउन खोज्दा जिप दुर्घटना: ७ जना घाइते, ३ को अवस्था गम्भीर
2021/07/25, 9:43

कैलालीमा स्कारपियो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका –१० पहलमानपुरमा शनिवार राति ना अ प खा ९७४ नम्बरको स्कारपियो दुर्घटना भएको हो।

छाडा चौपाया बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक सहित स्कारपियोमा सवार ७ जना घाइते भएका र ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा चालक धनगढी उप महानगरपालिका –१२ मनहेराका ३५ वर्षीय धनराम चौधरी, ३० वर्षीय तुलसी राना र २७ वर्षीय राजकुमार चौधरी रहेका छन्। राजकुमारको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने चालकसहित दुई जनाको धनगढीस्थित सिपी हस्पिटलमा उपचार भइरहेको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27