सामुदायिक भान्सा तथा पौष्टिक खाना वितरण कार्यक्रम सञ्चालन 
2021/07/25, 6:12
 
dd

कैलालीको धनगढी उपमहानगरपालिकामा महिलाको लागि सामुदायिक भान्सा तथा पौष्टिक खाना वितरण कार्यक्रम सञ्चालन गरिएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै विपन्न, गर्भवती, किशोर किशोरी लगायतलाई लक्षित गरि युएन ओमिनको आर्थिक सहयोगमा माइती नेपाल लगायतका विभिन्न संघ संस्थाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो । 

1

कार्यक्रम अन्र्तगत हिंसामा परेका महिला र कोरोनाबाट सुरक्षित रहने सम्बन्धी जनचेतना फैलाउने, गर्भवती महिलालाई पौष्टिक आहार उपलब्ध र किशोरकिशोरीलाई प्याड लगायतका आवश्यक सामाग्री वितरण गरिने माईती नेपाल कैलालीका कार्यक्रम संयोजक शिवचरण चौधरीले जानकारी दिए ।

1

अभियानको आइतबार एक समारोहका बिच शुभारम्भ गरिएको छ ।  धनगढी उपमहानगरपालिका वडा नम्बर १७ धुर्जन्ना स्थित सुकुम्बासी बस्तीका मुक्तकमैया घरपरिवारलाई पौष्टिक आहार वितरण गरिएको थियो । वडा अध्यक्ष माधव रानाले महिलाहरुलाई पौष्टिक आहार वितरण गर्दै शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै वडा अध्यक्ष रानाले कोरोना महामारीसंग जारी निषेधाज्ञाका कारण दैनिक ज्यालादारीमा जिविकोपार्जन गरिरहेका वर्गहरु मारमा परेको बताए । 

1

उनले भने– ‘कोरोना महामारीपछि आयस्रोतमा कमी आएको छ । यसले गर्दा विपन्न वर्गहरु मारमा परेका छन । उनीहरुलाई केही राहत होस भनेर संस्थाले चलाएको अभियान उल्लेख्य रहेको छ ।’ उनले संस्थाले अहिले कोरोना महामारीप्रति अपनाउनुपर्ने सावधानी आम नगरिकले असचेत बन्दै गइरहेको बताए ।  माइती नेपालका संयोजक चौधरीले अभियान धनगढी उपमहानगरपालिकाका सात वडामा सञ्चालन गरिने बताए । ९० दिनसम्म सचालन गरिने सो अभियान अन्तर्गत दैनिक दुई सय ५० बढी घरपरिवारलाई सहयोग गरिने उनले बताए ।

3