
झन्डै २ महिनादेखि घरबाटै बेपत्ता भएका पृथ्वी सार्की अझै फेला पर्न सकेका छैनन् । जिल्लाको घोडाघोडी नगरपालिका ६ बसन्ताका १८ बर्षिय युवक जेठ २१ गते घरबाटै बेपत्ता भएका थिए । ६० बर्षिय रङ्ग सार्कीका विगत ५२ दिन बेपत्ता छोरा खोजि रहेका छन् ।

उनले छोरा बेपत्ता भएको २ दिन पछि २३ जेठमा इलाका प्रहरी कार्यालय सुखडमा पनि जानकारी गराएका थिए । तर, प्रहरीले अहिले पनि युवकलाई भेटाउन सकेको छैन । ‘हामीले प्रहरीलाई पनि खबर गरेका छौँ । तर, अहिले सम्म कहाँ छ कस्तो छ कसैले केहि भनिदिएको छैन’ उनले भने, ‘हामी रात दिन खोजिरहेका छौँ ।’
सामान्य मानसिक सन्तुलन गुमाएका युवक घरबाटै बेपत्ता भएको उनले बताए । ‘शौचालय जान्छु भन्दै घरबाट हिँडेको हो अहिले सम्म सम्पर्कमा छैन’ उनले भने । प्रहरीले पनि बेपत्ता युवकको खोजि जारी रहेको जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27