
जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं निलम्बित प्रतिनिधि सभा सदस्य रेशम चौधरी पनि आज निर्वाचन आयोग जाने भएका छन्।

जसपाको आधिकारिताका विषयमा विवाद भएपछि आयोगले आज दुवै पक्षका कार्यकारिणी सदस्यलाई आयोगको कार्यालय बोलाएको छ।
यसैका लागि उनी पनि आयोग जाने भएको स्रोतले जनाएको छ। तर उनले महन्थ ठाकुर वा उपेन्द्र यादव कसका पक्षमा सनाखत गर्छन् भन्ने कुरा अहिले खुलिसकेको छैन।

टीकापुर काण्डका कारण निलम्बित सांसद चौधरी अहिले काठमाडौंको डिल्लीबजारस्थित कारागारमा छन्। यसअघि महन्थ ठाकुर पक्षका नेता उनी पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति असन्तुष्ट देखिएका छन्।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02