
एसियाको दोस्रो लामो दोधारा–चाँदनी झोलुङ्गे पुलको मर्मत सम्भार गर्ने काम सुरु भएको छ । दोधारा–चाँदनी नगरपालिकाले मंगलवारदेखि पुल मर्मत सम्भारको काम थालेको नगर प्रवक्ता दिलबहादुर सिजालीले जानकारी दिए ।

मर्मत सम्भारको अभावमा पर्यटकीय आकर्षणको केन्द्र झोलुङ्गे पुल जीर्ण बन्दै गएको थियो । पुलका नटबोल्ट, प्लेट कस्ने लगायत मर्मत सम्भारको काम हुने प्रवक्ता सिजालीले बताए । उनका अनुसार पुलमा मर्मत सम्भारको काम भइरहेकाले दैनिक ६ घण्टा पुल भएर आवतजावत बन्द गरिएको छ ।
‘बिहान ६ बजेदेखि ९ बजेसम्म र १२ बजेदेखि ३ बजेसम्म पुलमा आवतजावत बन्द गरिएको छ । पुल मर्मतको काम दुई÷तीन दिनमा सकिन्छ ।’ उनले भने ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27