बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ को कार्यालयमा तालाबन्दी गरिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आफूहरुलाई न्यून ज्याला दिएको भन्दै कामदाहरुले तालाबन्दी गरेका हुन्।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५ सय १७ रुपैयाँका दरले ज्याला पाउनुपर्ने भएपनि आफूहरुलाई प्रतिव्यक्ति ६४ रुपैयाँका दरले मात्रै ज्याला दिएको कामदारहरुले बताएका छन्। १९ लाखको योजनामा काम कम भएको भन्दै नगरपालिकाबाट २ लाख मात्रै निकासा भएको छ।
वडाअध्यक्ष पृथ्वीराज पन्तले कामको मूल्याकंनका लागि नगरपालिकाको रोजगार शाखामा पटक–पटक आग्रह गरेको भएपनि नगरपालिकाबाट प्राविधिक नआएको बताए।
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2021/10/19, 1:32
2023/10/09, 12:24
2020/07/09, 1:37
2020/11/22, 1:33