धनगढीमा आजदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु, कुन वडामा कहाँ लगाउने ?
2021/07/28, 9:11
 
dd

धनगढीमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु भएको छ । आजदेखि १६ गतेसम्म उप महानगरपालिकामा भेरोसेलको पहिलो मात्रा दिन सुरु भएको हो ।

उमहानगरपालिकाले सूचना जारी गर्दै ५५ वर्षमाथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई खोप लगाउने जानकारी दिएको थियो । सोही अनुसार खोप लगाउने काम सुरु भएको छ । 

खोप अभियान सञ्चालन गर्न उपमहानगरले १९ वटा खोप केन्द्र तोेकेको छ । खोप प्राप्त गर्न ५५ वर्ष उमेर समूहकाले आफ्नो उमेर खुल्ने आधिकारी प्रमाणपत्र, विश्वविद्यालय र विद्यालयको हकमा परिचयपत्र, चालक तथा सहचालकको हकमा सवारी साधन नम्बर सहितको तथ्यगत विवरण प्रमाणीत गरेको यातायात व्यवसायी संघको आधिकारीक प्रमाणपत्र लगेर जानुपर्ने छ ।

यस्तै खोप अनिवार्य गरेको देश जान लागेकाहरुले पासपोर्ट र भिसा देखाएर खोपको मात्रा प्राप्त गर्न सक्नेछन । 
 

कुन वडाका बासिन्दाले कहाँ लगाउने ?